Ultimate magazine theme for WordPress.

चुनाव सफल बनाउन महासंघले खटायो सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि

248

नेपाल

पत्रकार महासंघले आगामी चैत २५ गतेका लागि तय भएको चुनावका लागि सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय,

सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको महासंघले जनाएको छ ।

महासंघ केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकारहरूमा आह्वान गर्ने निर्णय पनि गरेको छ ।

महासंघका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगुलाई प्रतिनिधि तोकिएको छ ।

यसैगरी प्रदेश नं २ मा सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल, गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल,

लुम्विनी प्रदेशमा सचिव प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्ट, उपत्यका प्रदेशमा उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली,

प्रतिष्ठान र एशोसिएट प्रदेशमा प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका बराल र राजेश चाम्लिङलाई प्रतिनिधि तोकिएको महासंघले जनाएको छ ।