यता, सिंगटी हाइड्रोको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो मागको तुलनामा ९.३४ गुणा बढी हो । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।