Ultimate magazine theme for WordPress.

यस्ता छन् नयाँ बर्ष लक्षित नयाँ गाडी, कुन मोडलको कति पर्ला मूल्य ?

157

गाडी

 सरकारले गत हप्ता महङ्गा गाडी नेपालमा आयात गर्न दिने निर्णय गर्यो । एक बर्ष आगाडि यही समय सरकारले ५० लाख माथिका गाडी नेपाल भित्र्याउन प्रतिवन्ध लगाएको थियो ।

महङ्गा आयात प्रतिवन्ध फुकुवा भएको केहि दिन भित्रै व्यवसायीहरुले नयाँ बर्षलाई केन्द्रीत गर्दै नयाँ नयाँ मोडलका गाडी सार्वजनिक गर्ने क्रम बढ्यो ।

केहि कम्पनीले महंगा गाडी भित्र्याइसकेका छन भने केही आउन बाँकी छ । केही व्यवसायीले नयाँ बर्षका लागि एक महिना अघि देखि नयाँ गाडी लन्च गरिसकेका छन् । नेपाली बजारमा नयाँ बर्षलाई टार्गेट गर्दै झन्डै आधा दर्जन कम्पनीले गाडी सार्वजनिक गरेका छन् ।

नयाँ बर्षमा निशान, किया, ग्लोरी आई–अटो, एमजी, रेनो, लागाएतका कम्पनीले नेपाली ग्राहकका लागी विभिन्न भेरियन्टमा नयाँ गाडी सार्वजनिक गरेका छन ।

यस्ता छन नयाँ बर्ष लक्षित नयाँ गाडी

ग्लोरी आई–अटो 

नयाँ बर्षलाई लक्षित गर्दै गत हप्ता मात्रै डिएफएसकेको एडभान्स सिरिज ग्लोरी आई–अटो नेपाली बजारमा सार्वजनिक भयो ।

एड्भान्स सिरिजको ग्लोरी आई–अटोलाई एसयुभी सेग्मेन्टमा नेपाली बजारमा कुजु नेपाल प्रालिले भित्र्याएको हो ।

कम्पनीले नयाँ बर्षलाई नै प्राथमिकतामा राखेर नयाँ बिशेषता र मुल्य सहितको यो गाडी सार्वजनिक भएको हो ।

ग्लोरी आई–अटोमा अघिकांश फिचर भ्वाइस कमान्डबाटै चलाउन सकिन्छ ।

तेस्तै ७ सिटर इन्टेलिजेन्स एसयुभी, १.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन, अटोमेटिक गियरबक्समा लगाएतका बिशेषता छन । नेपाली बजारमा यो गाडीको मुल्य ८९ लाख ५० हजार तोकिएको छ  ।

निसान म्याग्नाइट 

नयाँ बर्षलाई नै मध्यनजर गर्दै हालै निसान म्याग्नाइटका विभिन्न मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालको लागी निसान गाडीको आघिकारीक वितरक पायो मोटोकर्पले विभिन्न फिचर र मूल्य सहित निसानको म्यागनाइट कार भित्र्याएको हो ।

कम्पनीले एक हजार सिसीको निसान म्यागनाइट बिग, बोल्ड, ब्युटिफुल र करिज्माटिक रहेको छ ।

आकर्षक डिजाइनमा रहेको म्यागनाइट ग्राहकमाझ लोकप्रिय छ । करिब एक दर्जन भेरियन्टमा उपलब्ध म्यागनाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजारसम्म छ ।

ग्राहकको चाहनाअनुरूप आकर्षक डिजाइन र उच्च प्रविधि प्रयोग गरिएको हुँदा म्यागनाइट नेपाली अटो बजारमा गेमचेन्जर बन्ने कम्पनीको विश्वास छ ।

रेनो काइगर 

नेपाली बजारमा नयाँ वर्षमा रेनोको चर्चित मोडल काइगर केहि दिन भित्रै सार्वजनिक हुँदै छ । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलसले बैशाखमा कम्प्याक्ट एसयुभि सार्वजनिक गर्ने भएको हो ।

फरक बिशेषता र डिजाइनका साथ नेपाली बजारमा रेनोको यो गाडी भित्रिने भएको हो ।
काइगरमा १.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन रहेको काइगरको ५ स्पिड गियर बक्समा उपलब्ध छ ।

एडभान्स अटोमोबाइल्सले काइगर नेपाल भित्रिँदा सुरुवाती मूल्य २९ लाखबाट सुरु हुने अनुमान गरिएको छ ।

एमजी एचएस 

नेपाली बजारमा एमजीको एसयुभी एचएसपनि नयाँ बर्षमै सार्वजनिक हुने भएको छ । ब्रटिस मोटर कम्पनी मोरिस ग्यारेज (एमजी) को नयाँ एसयुभी ‘एचएसमा १.५ लिटर टर्बो इन्जिन दिइएको छ भने ७ स्पिड डिसिटी गियरबक्स छ ।

गाडीमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, इलेक्ट्रोनिक ब्रेक असिस्टलगायत फिचर दिइएको छ । गाडीको अगाडि र पछाडिका चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्र्यापसहितको पानारोमिक सनरुफलगायत महत्वपूर्ण बिशेषता छन।

यो गाडीमा १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । एमजी एचएसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बजारमा केहिदिन अघि नै एमजी एचएसको बुकिङसमेत खुलिसकेको छ ।

किया सोनेट 

नेपाली बजारमा हालै नयाँ बर्षलाई लक्षित गर्दै किया एसयुभि सोनेट भित्रिएको छ । नेपालको लागि किया गाडीको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

आकर्षक डिजाइन र उत्कृष्ट फिचरका कारण सोनेट लोकप्रिय छ ।

सोनेट ३ वटा डिजेल र एउटा पेट्रोल गरी ४ वटा भेरियन्टमा उपलब्ध छ । पेट्रोल भेरियन्ट १२ सय सिसी र डिजेल भेरियन्ट १५ सय सिसीमा रहेको सोनेटको मूल्य ३५ लाख ९० हजारदेखि ५७ लाख ९० हजारसम्म रहेको छ ।