हावाहुरी
आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ ।
दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।
यो पनि हेर्नुहोस
हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए ।
उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ ।
यो पनि हेर्नुहोस
कास्कीमा समाजवादी प्रति बढ्दो लहर ! अन्य संगठन छाड्दै सवियुमा प्रबेश
हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ ।
घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए ।
त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ ।
“वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने ।
यो पनि हेर्नुहोस
एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण
जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।
यो पनि हेर्नुहोस
विद्यालय बन्द गर्ने निर्णयको जिम्मा स्थानीय सरकारलाई दिन सुझाव