Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री र विप्लवबीच फेरि भेट, बन्दी नछुटेकोमा असन्तुष्टि

54

५ वैशाख, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन् ।

भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताए ।

कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए ।

विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् ।

अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।

विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने,

कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।