सरकारले
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९
संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने
प्रधानमन्त्री र विप्लवबीच फेरि भेट, बन्दी नछुटेकोमा असन्तुष्टि
निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी
भारतबाट फर्किएका नौ जनामा कोरोना सङ्क्रमण
क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।
शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज
उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित
भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।
तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै
आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।
स्वास्थ्य मन्त्रालयले भन्यो– भोलिदेखि स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने हुन्छ