Ultimate magazine theme for WordPress.

भगवती चौधरी: मलाई ‘केपी बा’ले ठूलो धोका दिनु भो

268

१० वैशाख, काठमाडौँ ।

नेकपा एमालेकी नेता भगवती चौधरीले जिल्ला इन्चार्जको जिम्‍मेवारी नदिएकोमा असन्तुष्टि जनाएकी छन् ।

शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ ।

 

चौधरीले सुनसरी जिल्ला इन्चार्जमा दबी गरेकी थिइन्, तर जगदिश कुशवाहलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले अध्यक्ष ओलीबाट आफूले ठूलो धोका पाएको बताएकी छन् ।

 

‘ मैले ओली बाको र पार्टीको सबै कुरा मान्दै आएकी थिएँ,

तर यसपटक केपी बाले ठूलो धोका दिनुभयो ।

 

मेरो क्षमता र योग्यताको कदर गरिएन,’ उनले भनेकी छन् ।

एमालेको राजनीतिमा लामो समय सक्रिय रुपमा काम गरेको भएपनि पार्टीले आफूमाथि अन्याय भएको बताइन् ।

 

उनले भनिन्, ‘ मैले लामो समयसम्‍म एमालेको राजनीतिमा सक्रिय रुपमा काम गरेकी छु।

त्यही पनि ममाथि यत्रो अन्‍याय भो। म कसरी सहूँ ? कति पटक सहूँ ?’

 

अध्यक्ष ओलीले गुण्डा राज गर्नेहरुलाई मात्रै स्थान दिने तर इमान भएकोलाई बहिस्कार गर्ने गरिएको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘ मेरो योग्यता, क्षमतालाई बहिस्कार गर्‍यो ओली बाको गुटले ।

 

विष्णु पौडेलले भन्‍ने एउटा, गर्ने अर्कै रहेछ।

उनको गुट दलालीको रहेछ भन्न‍े बल्ल थाहा पाएँ ।’

 

उनले अब एमाले पार्टीभित्रै संघर्ष गर्ने बताइन् ।
source https://www.onlinekhabar.com/2021/04/948117