Ultimate magazine theme for WordPress.

हप्ताको पहिलो दिन नै घट्यो सुनको भाउ, कति ?

117

हप्ताको

पहिलो दिन नै सुनको मूल्यमा गिरावट आएको छ।

नयाँ वर्ष लागेसँगै लगातार बढ्दै गत बिहिबार करिब साढे दुई महिना यताकै महँगो भएको थियो।

 

शुक्रबार केहि गिरावट आएको सुनको भाउमा आज आइतबार पनि सामान्य गिरावट आएको छ।

साताको पहिलो दिन आज छापवाला सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापवाला सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ।

शुक्रबार प्रतितोला ९१ हजार ७ सयमा किनबेच भएको छापवाला सुन आज ४ सयले घटेको हो।

 

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेको छ।

शुक्रबार तोलाको ९१ हजार २ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ८ सय कायम भएको छ।

 

आइतबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।

शुक्रबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँ कायम भएको

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी तोलाको १ हजार ३ सय २० रुपैयाँमा किनबेच भएको थियो।