Ultimate magazine theme for WordPress.

के के भय कैले देखी हुन्छ त लकडाउन वा निषेधाज्ञा पुरापढ्नुहोस

157

१२ वैशाख,

काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोरोनाभाइरस (कोभिड–१९)

 

संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए ।

 

तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले

देशव्यापी लकडाउन गर्न नहुने बताए ।

 

लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको

अनुभवले समेत पुष्टि भएको उनीहरुले बताए ।

 

सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने

अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र

 

(डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।

पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी

 

सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका

 

तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।