Ultimate magazine theme for WordPress.

उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने

128

१४ वैशाख,

काठमाडौं ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’,

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने ।

अर्थात् काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।

उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला

अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा : के-के खुल्छन्, के-केमा छ रोक ?
‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ ।

तर, त्यतिले पुग्दैन भन्ने हो’, मन्त्री ढकालले भने ।

 

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी

र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ ।

यो पनि पढ्नुहोस

सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

सो निर्णयअनुसार बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ ।