Ultimate magazine theme for WordPress.

एकै दिन ३६०० भन्दा बढी कोरोनालागेका को मृत्यु

196

एजेन्सी ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार ६४५ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार उक्त अवधिमा ३ लाख ७९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पनि एक करोड ८३ लाख नाघेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या पनि ३० लाख ८४ हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४ हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटकमा ३९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

केरलामा पनि नयाँ संक्रमितको संख्या ३५ हजारभन्दा धेरै छ ।

भारतमा अहिलेसम्म १५ करोड डोजभन्दा धेरै कोरोना खोप दिइएको छ ।