Ultimate magazine theme for WordPress.

भारतबाट आएकाहरुलाई एकान्तवासमा राखौं : विप्लव

121

काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारत लगायतका देशबाट आउने आप्रवासीहरूलाई नियन्त्रणमा लिन र

आएकाहरुलाई एकान्तवासमा राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

 

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले

आज एक विज्ञप्ति जारी गरी आप्रवासीहरूलाई नियन्त्रण गर्ने, एकान्तवासमा राख्न र

 

बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भएको जनाउँदै उनले यो

 

अवस्थामा सरकारले लगाएको बन्दाबन्दी आफैंमा प्रयाप्त

नभएको समेत जनाएका छन् । विज्ञप्तिमा महामारीसँग जुध्न सामाजिक परिचालनलाई अभियानका रूपमा सञ्चालन गर्न

 

आग्रह गर्दै सरकारलाई स्वयंसेवकहरू परिचालन गर्न समेत सुझाव दिइएको छ ।

यो परिस्थितिमा सामाजिक परिचालन आवश्यक रहेको जनाउँदै यसप्रकारको सामाजिक

 

अभियान सञ्चालन गर्ने अवस्थामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

साथै पार्टीका सम्पूर्ण समितिहरु, विभित्र स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक,

 

स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग

जुध्न होसियारीपूर्वक सामाजिक स्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र

 

महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गरिएको छ ।