Ultimate magazine theme for WordPress.

निषेधाज्ञा उल्लंघनको आरोपमा प्रहरीले तीन जनालाई एक महिना जेल चलान गर्ने,

346

निषेधाज्ञा

उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गर्ने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेकाे निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको

 

भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना

तिर्न नसकेका तीनजना कारागार चलान गरिएकाे हाे ।

 

कारागार चलान भएकाहरुमा सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे

, रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, र मायादेवी–२

 

का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

 

‘निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि प्रहरीले सम्झाई बुझाई गर्दा टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्‍याएको हुँदा

नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो ।

 

‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र

एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटेका हुन, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गएका हुन ।

source https://tv.himalayadainik.com/news/54361