काठमाडौ ।
आकाशमा उडिरहेका चराहरु अचानक भकाभक जमिनमा खसेको दृष्य वास्तवमै अनौठो थियो ।
जमिनमा खसेर संसार छोड्दै गरेका चराहरुको संख्या पनि उदेकलाग्दो थियो ।
उडिरहेका चराहरु एक्कासी भुईमा खस्दै मृत्यु भइरहेका दृश्य देखेका मानिसहरुले त्यो भिडियो र तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
त्यस्ता दृष्य यतिबेला सामाजिक संजालमा भाइरल हुन थालेका छन् ।
ति दृश्यहरु अमेरिकाको फिलाडेल्फियाका हुन् ।
फिलाडेल्फिस शहरमा १ हजार ५०० चराहरु आकाशबाट भटाभट खसेको समाचारमा जनाइएको छ ।
आकाशबाट तल खसेका चराहरु मध्ये धेरैको मृत्यु भएको खबर अन्तरष्ट्रिय समाचारमा उल्लेख छ ।
सोही स्थानमा आजभन्दा ७२ वर्ष पहिला सन् १९४८ मा यस्तो घटना भएको बताइएको छ ।
फिलाडेल्फिस शहरमा आकाशबाट चराहरु किन खसे भन्ने विषयमा अध्ययन सुरु गरिएको छ ।
यो अचम्मको घटनाले वैज्ञानिक र अनुसन्धान केन्द्रहरु नै अचम्मा परेका छन् ।
अहिले सम्म त्यसको कारण खुलेको छैन ।