Ultimate magazine theme for WordPress.

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन छ, घरभित्र बसौ – डा. रविन्द्र पाण्डे

192

काठमाडौं –

नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरस फैलिरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ५ सय बढी सक्रिय संक्रमित भएका सबै जिल्लामा निषेधाज्ञा पनि लगाइएको छ ।

निषेधाज्ञाबीच पनि अहिले कोरोना संक्रमण बढ्दै गइरहेको छ ।

यसैबीच जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत डा. पाण्डेले सो कुरा बताएका हुन् ।

अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव रहेको भन्दै उनले ३ हप्ता घरभित्र घरभित्रै रहन सबैलाई आग्रह गरेका छन् । उनले ३ हप्ता दुख घरभित्रै बसेमा संक्रमणको दर घट्दै जाने बताएका छन् ।

अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? – डा. रवीन्द्र पाण्डे अहिलेको महामारी गत बर्षको जस्तो सामान्य छैन, पिसिआर पोजिटिभ आए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

उनले भने – ‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं ।जीवनको तुलनामा दुख सानो हो । सकभर खाधान्न दैनिक किन्ने नगरौं।’

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर कोरोना संक्रमित रहेको बताउदै उनले बाहिर निस्कन परेमा डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बन्न भनेका छन् ।

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे

उनले भनेका छन् – आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ । दुख सहेरै भएपनि यो ३ हप्ता घरभित्र नै बसौं ्र जीवनको तुलनामा दुख सानो हो । सकभर खाधान्न दैनिक किन्ने नगरौं ।

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं । भेटघाट बन्द गरौँ ।

यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं ।

सरकारले कडाइ गरेको हाम्रै लागि हो ।

हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं ।