Ultimate magazine theme for WordPress.

चिकित्सकको चित्कारः अक्सिजन सिलिण्डर पुलिसका ठूला मान्छेले लगे, हामी ट्वाँ

109

३१ वैशाख,

काठमाडाैँ राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पाैडेलले बिहीबार साँझ सामाजिक सञ्जालमा सेयर

गरेको विषयले समाजिक सञ्जालमा ठूलै हल्लीखल्ली मच्चाएको छ ।

एउटा चिकित्सको चित्कार जस्तो देखिने डा पाैडेलको भावनाले अहिले के भैरहेको छ भन्ने प्रष्ट तस्बीर बोलेको छ ।

अस्पतालका लागि दिने गरेको अक्सिजन पुलिसका ठूला मान्छे गएर

उद्योगबाट उठाएपछि अस्पतालमा त्यही अक्सिजन नपाएर बिरामीहरू मरिरहेका छन ।

डा पाैडेलले यसरी देख्नुभएको छः

अत्यन्तै मर्माहत छु साथिहरू!

साँझ ५:४९ बजे

आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो

‘सर, अक्सिजन सकिनै लाग्यो!’

‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका का दरले ४-४ घण्टामा दिने हैन र!

‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’

मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’

‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’

ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।

हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!

म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)

म; अब के हुन्छ?
ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको

मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
ऊ-सर त्यो त म के भनुँ।

नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!

उता: ….. यस्तै हो .. म बुझ्छु …..!!
पिडा छ हजुर

जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ।

आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर

हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!

source www.dainiki.com/147512