Ultimate magazine theme for WordPress.

गृहमन्त्री बादललाई आउट गर्नुपर्ने माधव नेपालको सर्त , ओलीको यस्तो जवाफ

816

एमाले

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएपछि कार्यदल बन्न सकेन।

स्रोतका अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी भएकाले कार्यदल बन्न नसकेको हो।

नेपाल पक्षीय नेताहरूले बादल सहभागी हुनेगरी कार्यदल नबनाउन भनेपछि प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन्।

‘आज कार्यदल सहितकै बैठक बस्ने भनिएको हो।

कार्यदलमा रहने नेताको नाम समेत तय भइसकेको थियो,’ बैठकमा सहभागि एक नेताले सेतोपाटीसँग भने, ‘बादलजीसँग अरू कुरामा केही असहमति होइन।

२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनेबारे सहमति गर्ने कार्यदलमा उहाँलाई राख्न मिल्दैन।’

ओली र नेपालबीच बिहिबार भएको बैठकले जेठ २ को अवस्थामा पार्टीलाई लैजाने सहमति भएको र त्यसका लागि कार्यदलले काम गर्ने टुंगो लागेको नेपाल पक्षको भनाई छ।

ओली पक्षले भने कार्यदलले नै सबै विषय टुंगो लगाउने भन्दै आएको छ।

नेपाल पक्षले २०७५ जेठ २ को कमिटिले एमाले प्रवेश गरेका बादल लगायतका नेतालाई नचिन्ने तर्क गर्दै आएका छन्।

यद्यपि पार्टी प्रवेश गरेकालाई ठाउँ दिन सकिने उनीहरूको तर्क छ।

तर ओलीले भने आफू निकटसँग बादल समूह बिनाको कुनै पनि बैठक नराख्ने बताउँदै आएका छन्।

शुक्रबारको बैठकमा बादललाई सहभागि गराउनुको पछाडि ओलीले त्यही सन्देस दिन खोजेको ओली निकट स्रोतको दाबी छ।

source sudarshankhabar.com/archives/12765