काठमाडौं –
कोरोना महामारीबीच फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ प्रदर्शनमा आएको छ ।
इदको अवसर पारेर प्रदर्शनमा आएको अभिनेता सलमान खान
अभिनित फिल्म राधे दर्शकले निकै रुचाएका छन् ।
थिएटरसँगै डिजिटल प्लेटफर्ममा रिलिज भएको यस फिल्म प्रभु देवाले निर्देशन गरेका हुन् ।
कोरोना महामारीमा मनोरञ्जन लिन पाउदा दर्शक खुशी भएका छन् ।
फिल्मलाई जी कम्पनिले १९० करोड भारुमा खरिद पनि गरेको छ ।
यस फिल्मले पहिलो दिन अस्ट्रेलियामा ३५.७१ लाख, न्युजिल्याण्ड ५.९० लाख कमाई गर्को छ ।
सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको फिल्ममा उनी प्रहरीको भूमिकामा देखिएका छन् ।
फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा,
ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।