Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच छलफल, यी विषयहरुमा चर्चा

255

काठमाडौं ।

सत्तारुढ नेकपा एमालेभित्र देखिएको विवाद समाधानतर्फ गइरहेको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

एमाले नेता सुवास नेम्वाङका अनुसार दुवै पक्षबीचमा विवाद समाधानका लागि कार्यदल गठनका सम्बन्धमा आवश्यक पहल भइरहेको छ ।

उहाँले पार्टीभित्र देखिएको आन्तिरक विवाद समाधानका लागि दुई नेताहरुको छलफल केन्द्रीत रहने बताउनुभयो ।

यता, एमाले नेता माधवकुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि पार्टीको आन्तरिक

विवाद समाधानका विषयमा अब बन्ने कार्यदलले टुंगो लगाउने आशा व्यक्त गर्नुभयो ।

पार्टीको आन्तरिक विवाद समाधानका विषयमा बोल्दै उहाँले

आजसम्म उक्त कार्यदल बन्ने भनिए पनि स्पष्ट भइ नसकेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले तेस्रो कार्यकालका लागि वैशाख ३१ गते प्रधानमन्त्री पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

सपथ ग्रहणकै दिन प्रधानमन्त्री ओलीले पहिलाकै मन्त्रीमण्डल विस्तार गर्नुभयो ।

पार्टीभित्र दोस्रो तहका नेताहरु निरन्तर विवाद समाधान गरेर

पार्टीलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिदैँ आइरहेका छन् ।