काठमाडौँ, १जेठ ।
जनता समाजवादी पार्टी जसपा भित्र विवाद चर्किरहेको बेला
अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् ।
ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक
नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक
आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट
एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’|
, ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको
केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी
समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गराईन्छ
भनेर ठाकुर समुहले विज्ञप्ति निकालेको थियो।