काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको
केन्द्रीय कार्यकारिणी समिति बैठक अहिले बालकुमारीमा बसिरहेको छ ।
यसैबीच अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरेका छन् ।
अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक बसिरहेको खरबप्रति गम्भीर
ध्यानकर्षण भएको विज्ञप्तिमा जनाएका छन् ।
उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको
र त्यस्तो जानकारी समेत आफुहरुलाई थाहा नभएको बताएका छन् ।
जसपामा अहिले दुई पक्ष छन् । एकातिर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो छन्
भने अर्कातिर यादव र भट्टराई छन् ।
केपी शर्मा ओलीलाई विश्वासको मत दिने समयमा विभाजित भएको जसपामा विवाद झन बढ्दै गएको देखिएको छ ।
यादव-भट्टराई पक्षको आज बसिरहेको बैठकमा वर्तमान
राजनीतिको समसामयिक विषय वस्तुमा छलफल भइरहेको छ ।