Ultimate magazine theme for WordPress.

प्रचण्डले चुनाव लड्ने क्षेत्र नै छैन अब माओवादीका हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्छन – महेश बस्नेत

199

काठमाडौं, जेठ १ –

नेकपा (एमाले) का प्रभावशाली युवा नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड

अब प्रधानमन्त्री बन्ने कुरा सपनामात्र रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘आगामी निर्वाचनबाट प्रचण्ड कमरेड सम्भवत ः घरमै बस्नुहुन्छ ।

उहाँले चुनाव लड्ने क्षेत्र नै देखेको छैन मैले ।

’नेता बस्नेतले आगामी निर्वाचन सम्ममा नेकपा माओवादी केन्द्रका हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो ।

उहाँले एमालेको नीति एमालेको नेतृत्व भन्ने अभियान अझै बलशाली ढंगले स्थापित हुँदै जाने बताउनुभयो ।

एमालेले अल्पतमको सरकार गठन गरेसँगै अब प्रतिनिधिसभा विघटन गरेर

पुनः चुनावमा जाने कोर्स सकिएको बताउनुभयो ।

उहाँले चाँडै नै जसपा र एमालेभित्रकै केही सम्भावना

बोकेका नेताहरूलाइ समेटेर मन्त्रिमण्डल पुनर्गठन हुने  पनि जानकारी दिनुभयो ।

पूर्वमन्त्री समेत रहनु भएको उहाँले माधवकुमार नेपालले पनि प्रतिनिधिसभाको

यो कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभयो ।

पार्टीभित्रका केही नेताहरूलाइ भने विगतमा व्यक्त

गरेका कुण्ठाले एडजस हुन केही समय लाग्ने बताउनुभयो