Ultimate magazine theme for WordPress.

पेट दुखेको छ ? यी कुराहरु पानीसँग मिसाएर पिउनुहोस्

260

काठमाडौं –

पानी एक रङ, स्वाद र गन्ध बिहिन पदार्थ हो। हाम्रो दैनिक जीवनमा पानी निकै आवश्यक पर्छ ।

पानी बिना हाम्रो जीवन अपुरो नै हुन्छ । हामिले दैनिक विभिन्न खानेकराहरु खाइरहेका हुन्छौ ।

कहिलेकाही गलत खानपानले पेट दुख्ने समस्या हुन्छ ।

यस्तो अवस्थामा पेट दुख्ने समस्याबाट मुक्ति पाउन घरेलु उपाय अपनाउन सकिन्छ ।

पानीको सेवनले पाचनप्रणालीलाई सुधार्न सहयोग पुर्याउछ ।

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार विभिन्न घरेलु उपायबाट पेट दुखेको समस्या समाधान गर्न सकिन्छ ।

१. दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो, आधी चम्चा सुकेको अदुवाको धूलो मिसाउनुहोस् ।

त्यसपछि मधुरो आगोमा केही मिनेट तताउनुहोस् । यो पानी बिहान बेलुका पिएमा पेटको समस्या ठिक हुन्छ ।

२. पानीमा आधा आधा चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाएमा पनि पेट दुख्न कम हुन्छ ।

३. दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउदा पनि पेटको समस्या समाधान हुन्छ ।

४. एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमालेर खाएमा पनि पेट दुख्न कम हुन्छ ।

५ . हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट दैनिक राखेमा पनि पेट दुखेको ठिक हुन्छ ।