Ultimate magazine theme for WordPress.

अफ्रिकाको एउटा यस्तो गाउँ, जहाँ अहिले पनि पैसाबिना सामान किनबेच हुन्छ

224

काठमाडौं –

धेरै समयअघि सामान साटेर व्यापार गर्ने प्रचलन थियो ।

अहिले सामान किनबेच गर्न पैसा आवश्यक पर्छ ।

तर नाइजिरियाको एउटा यस्तो गाउँ छ,

जहाँ अझै पनि सामान साटेर व्यापार-विनिमय गर्ने प्राचीन चलन छ ।

दक्षिणी नाइजिरियाको इसकु म्बा गाउँमा

अझै पनि साटेर बस्तु विनिमयदर गर्ने चलन रहेको बीबीसीमा जनाइएको छ ।

पैसाको लेनदेन नगरीकन सामान साटासाट गर्ने पुरानो चलन हो ।

त्यहाँका मानिसहरुले तरुलसँग माछा साट्ने गर्छन् । धेरै तरुल दिँदा थोरै माछा आउने गर्छ ।

माछा किन्ने पैसा नभएपछि उनीहरुले तरुलसँग साट्छन् ।

उनीहरु सधै सामान साटेर नै व्यापार गर्छन् ।

त्यस गाउँमा शनिवार केही घण्टाको लागि बजार बस्छ ।