१ जेठ, काठमाडौं ।
दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै
५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार
यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने
दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् ।
‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको
अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र
डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने ।
कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ
भने गम्भीर बिरामीका लागि आईसीयू बेड र अक्सिजनको अभाव भइरहेको छ ।
आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै
अस्थायी अस्पताल निर्माण गरिएको हो ।
त्यसबाहेक गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा
थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएको छ ।
केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र
आईसीयूको कमी नहुने दाबी गरेका छन् ।