Ultimate magazine theme for WordPress.

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

105

२ जेठ, काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो

२४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६

र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या

एक लाख १० हजार १६३ जना रहेका छन् ।

जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा

र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

कास्कीका पछिल्लो २४ घण्टाका अवधिमा ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यसैगरि कास्कीमा थप ९ जनाका संक्रमणबाट ज्यान गएको छ ।

यससँगै गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या ३ सय ८३ पुगेको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।