Ultimate magazine theme for WordPress.

अब कस्तो बजेट ल्याउनुपर्छ ? अर्थविद्हरुको यस्तो छ सुझाव (भिडिओसहित)

409

काठमाडौं, ३ जेठ ।

अर्थविद्हरुले जीवन रक्षाको लागि बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थविद् डा. चन्द्रमणि अधिकारीले राम्रो अर्थमन्त्रीले फेयर बजेट ल्याउने पनि सुनाए ।

अहिले पपुलिष्ट बजेट ल्याउन नहुने उनको तर्क छ ।

उनले प्रचारमुखी बजेट ल्याउन नहुने भन्दै भोलि यस्तो बजेट ल्याईए कार्यान्वयनमा जान मुश्किल हुने तर्क गरे ।

डा. अधिकारीले वर्तमान सरकारले अघि सारेका नीति राम्रो भएको पनि सुनाए ।

अर्का अर्थविद् डा. गोविन्दराज पोखरेलले वर्तमान सरकारलाई उनले अन्तरिम सरकारको संज्ञा दिए ।

उनले वर्तमान सरकारले नैतिक रुपमा पनि पूर्ण बजेट ल्याउन नपाउने तर्क गरे ।

उनले वर्तमान सरकारले उथलपुथल गर्ने खालको बजेट ल्याउन नसक्ने बताए ।

उनले बजेटभन्दा अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले

संसदमा विश्वासको मत लिनुपर्ने पनि सुझाव दिए ।