५ जेठ, काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।
कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
कास्कीमा अहिले ३ हजार ९ सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यसैगरि कास्कीमा थप ८ जनाका संक्रमणबाट ज्यान गएको छ ।
यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय २० पुगेको छ ।
संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।