Ultimate magazine theme for WordPress.

गण्डकी प्रदेशमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त

132

५ जेठ, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत,

विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा

प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए ।

युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित गरे ।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र

पुन सामाजिक विकासमन्त्री थिए ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला

वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले

त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए ।

मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर

दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि

मन्त्रालयको संख्या आठ पुगेको छ ।