नोरा
फतेही हाल भारतकी चर्चित मोडेल तथा अभिनेत्री हुन्।
उनी विभिन्न म्युजिक भिडिओ साथै नृत्यसँग सम्बन्धित कार्यक्रममा व्यस्त छिन्।
उनी सामाजिक संजालमा पनि निकै सक्रिय कलाकार हुन्।
उनले आफ्नो जीवनशैली देखाउन फोटो तथा भिडिओ पोस्ट गरिरहन्छिन्।
हालै नोराको एउटा सामाजिक संजालको भिडिओ निकै भाइरल भइरहेको छ।
उनी जिममा शारीरिक अभ्यास गर्न गएकी हुन्छिन्।
तर उनी त्यहाँ नाच्न थाल्छिन्।
यस भिडिओलाई उनका फ्यानहरुले निकै मन पराएका छन्।
त्यस्तै नेरा फतेहीले नयाँ फोटोशुट गराएकी छन् ।
उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ ।
तस्बिरमा नोरा भिजेको कपालमा निकै चम्किएकी छन् ।
उनले क्यामेरामा दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ ।
उनी ‘वान पीस’ पहिरनमा देखिएकी छन् ।
उनले शरीर पूरै शिमरी लुक्समा देखाएकी छिन् भने चल्किने सेतो जुत्ता लगाएकी छन् ।
बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी
नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ ।
नोरा विभिन्न कारण चर्चामा पनि रहिरहन्छिन् ।