Ultimate magazine theme for WordPress.

७ जना गैरसांसद मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

160

६ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई

मन्त्रीको हैसियतमा कामकाज गर्न रोक

लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको

एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी,

लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र

दावा लामालाई मन्त्रीको हैसियतमा

कुनै पनि कामकारबाही नगर्नु नगराउनु

भनी अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा

 

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान  सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट निर्वाचन आयोगले जनाएको छ ।

बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करीब सवा नौ बजेबाट मतदान शुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे ।

मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना शुरु गर्ने योजना छ ।

मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।