कांग्रेस
सभापति शेरबहादुर देउवाभन्दा पहिले केपी
ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।
उनले नेकपा एमालेका एक सय २१ र
जसपाका ३२ सांसदको हस्ताक्षरसहित संविधानको धारा
७६ (५)को प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् ।
आफ्नो दाबी पेस गरेर ओली
राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन् ।
देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी
गठबन्धनका नेताहरू पनि एक
सय ४९ जना सांसदको हस्ताक्षरसहित
शीतलनिवास पुगेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको
पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार दावी पत्रमा ओलीसँगै जसपाको
तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
‘संसदको सबभन्दा ठूलो दल भएकाले हाम्रो दाबी स्वभाविक हो ।
हामीसँग १२१ छ, जसपाले साथ दिएपछि बहुमत पुग्यो’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।