Ultimate magazine theme for WordPress.

देउवाले राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको भन्दै ओलीको आक्रोश ‘भिडियो सहित’

357

प्रधानमन्त्री

केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ

भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् ।

आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी

गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले

‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।

बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक

लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको

सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’

भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् ।

असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् ।

नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा

देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म

पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।