नेकपा
एमालेमा नेता योगेश भट्टराईले कार्बाही,
प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि
सहि गन्तव्यमा नपुर्याउने बताएका छन् ।
पार्टीभित्रको विवाद चर्किएका बेला नेता
भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक
गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् ।
साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ ।
उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता
माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी
एकता जोगाउन अनुरोध गरेका हुन् ।
उनले भनेका छन्–‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले
आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन्
र पुर्याउँदैन पनि ।
पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो ।
सबैले आफ्नो विगतलाई हेरौँ।
धैर्य गरौ, संवाद गरौ ।’